कालोपुलमा युवतीमाथि एसिड प्रहार, काँडाघारीबाट विष्णु भुजेल पक्राउ

0
166

काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडौं प्रहरी तत्कालै परिचालित भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले एसिड प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा आइसकेको जानकारी दिए ।

काठमाडौंका प्रहरी प्रमुख सुवेदीले आफ्नै श्रीमानले ती युवतीलाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट  खुलेको बताए ।

सुवेदीका अनुसार काभ्रेका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कालाई एसिड प्रहार गरी फरार भएपछि तत्काल भुजेललाई काठमाडौं काँडाघारी सनसिटीबाट पक्राउ गरेको बताए ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

एक उत्तर छोड्न