कृष्णबहादुर महराको थुनछेक बहस आज

0
75

काठमाडौं । बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आजदेखि थुनछेक बहस सुरू हुँदैछ ।

थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।

संघीय संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । शुक्रबार समय अभावका कारण थुनछेक बहस सुरू भएन ।

महराको थुनछेक बहस जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा हुनेछ । पक्राउ परेको २५ दिनपछि बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यलयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा दर्ता गरेको थियो ।

शुक्रबार अदालतले लिएको बयानमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

एक उत्तर छोड्न