क्यास्परस्कीको २०१९ संस्करण नेपालमा

0
427

काठमाडौं (अस) । बहुराष्ट्रिय साइबर सुरक्षा तथा एण्टी भाइरस सफ्टवेयर क्यास्परस्कीको २०१९ संस्करण नेपालमा सार्वजनिक भएको छ । नयाँ भर्सन विशेषगरी घरेलु प्रयोगकर्ताका लागि निकै महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ । यसले गोपनीयता, रकम, स्मृतिलगायत विवरणहरुको भरपर्दो सुरक्षा दिने कम्पनीले बताएको छ ।

क्यास्परस्कीले सन् २००८ मा पहिलोपटक आफ्नो उत्पादन सार्वजनिक गरेको थियो । पछिल्लो समय नेपालमा यसका प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन् । अहिले ल्याइएको नयाँ भर्सनमा थप सुधार गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एक उत्तर छोड्न