गाडीले ठक्कर दिँदा पाटेबाघ गम्भीर घाइते

0
212

गाडीले ठक्कर दिँदा पाटेबाघ गम्भीर घाइते

गुलरिया : पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कोरएरीया कुवाभारमा पिकअप भ्यानले ठक्कर दिँदा एउटा पाटेबाघ गम्भीर घाइते भएको छ।

पूर्वबाट पश्चिमतर्फ गइहेको वा ८ च ३९१८ नम्बरको पिकअपले ठक्कर दिँदा लोपोन्मुख पाटेबाघ गम्भीर घाइते भएको हो। घाइते बाघलाई उपचारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पुर्याइएको छ।

तिब्र गतिको पिकअपले ठक्कर दिँदा बाघका सबै दाँत र अगाडिको एउटा खुट्दा भाँचिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए।

पिकअपको ठक्करपछि घाइते अवस्थामै निकुञ्ज भित्र पसेको बाघलाई उद्धार गरेर उपचारका लागि निकुञ्जको मुख्यालय लगिएको छ।

निकुञ्जले सवारीसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। साढे १ वर्ष अघि सोही स्थानमा गाडीले ठक्कर दिएर एउटा पाटेबाघ मरेको थियो।

सन् २०१७ को बाघ अनुगमनको नतिजा अनुसार बर्दियामा ८७ पाटेबाघ रहेको तथ्यांक छ।

एक उत्तर छोड्न