गोताखोरले पनि निकाल्न सकेन प्रहरी जवानको सव

0
310

बझाङ। चार दिन अगाडि सेती नदीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीको सव काठमाण्डौंबाट आएको गोताखोर टोलीले पनि निकाल्न सकेको छैन। जवानका आफन्तहरु महेन्द्रनगरबाट आएर लास निकाली दिन माग गदै आएका छन्। प्रहरी डुबेको स्थान सदरमुकाम चैनपुरको सिमल रुख पछाडी सेति नदीको गहिरो तालमा पानि भित्र जाने गोताकर शसत्र प्रहरीको टोलिले आईतबार बिहान देखी सव निकाल्ने प्रयास गरे पनि नदिको बहाप बढी भएको र पानिको रिगाउँटो परेको हुदा निकाल्न कठिन भएको बताएको छ।

बिहीबार दिउसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलडाडी गाउँपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा पौडी खेल्दै गर्दा नदिले बगाएर बेपत्ता भएपछी जिल्लाले प्रयास गर्दा लाश निकाल्न नसके पछी काडमाडौं बाट गोताखोर टोली बोलाएको हो। पानि भित्र जाने तालिम प्राप्त गोताखोर बलराम अधिकारीले ३५ देखि ४० फिट गहिरो ताल भएको र सेति नदिको पुरै बहाब तालको खोचमा आएकाले पानि भित्र जान नसकेको गोताकर बलराम अधिकारीले बताउनु भयो।

उनले भने पानिको बहाब कम गर्न सके तालमा गएर लाशको खोज गर्न सकिन्छ अन्यथा हाम्रो पनि ज्यान हुन्छ। लाशको खोजि गर्न सशत्र प्रहरी ईनेस्पेक्टर पुरुषसोत्तम भन्डारी लगाएतको ५ जनाको टिम आएको थियो। त्रिशुली, भोटेकोशी, गन्डकी, समेत ७० फिट सम्म गरिरो ठाँउबाट लास निकालेको बताउदै गोताखोरको टिमले यहाँ गहिरो भएको बताए।

जिल्लामा पहिलो पटक आएको सशस्त्र प्रहरीको क्याम्प आएको हुनाले क्याम्प ब्यबस्थापन गरि प्रहरी नुहाउन गएका थिए। सव भएको स्थानबाट सेती नदीको पानीको बहाब डाईर्भसन गर्नाका लागी नगरपालीकाले डोजरको पहल गरि रहेको बताएको छ।

एक उत्तर छोड्न