गौतम गंभीरले भने-विराट सिकारू कप्तान हुन्, अझै सिक्न बाँकी छ

0
116

भारतीय कप्तान विराट कोहलीको कप्तानीका आलोचकमध्येका एक गौतम गंभीरले फेरि एकपटक कोहलीको आलोचना गरेका छन्।

जारी आइपिएलमा बेङ्लोरले लगातार छैटौं हार बेहोरेपछि गंभीरले फेरि एकपटक कोहलीको आलोचना गरेका हुन्।

उनले विराटले कप्तानका रूपमा लिएका कयौं फैसलाको आलोचना गरेका छन्।

आईपिएलमा कोलकाता नाइट राईडर्सको कप्तानी गरिसकेका गंभीरले खेलाडीका रूपमा कोहली शानदार भए पनि कप्तानका रूपमा भने सिकारू रहेको बताए।

टाइम्स अफ ईण्डियामा लेख लेख्दै उनले विराटले हारको बाहाना बनाउनु सट्टा त्यसको जिम्मेवारी स्वयंले लिनुपर्ने लेखेका छन्।

‘विराट राम्रा ब्याटसम्यान हुन् तर कप्तानीको मामिलामा सिकारू नै छन्। उनले बलिङ हारको कारण हो भनेर दोष लगाउनुको सट्टा सोको जिम्मेवारी आफैले लिनुपर्छ’, लेखमा भनिएको छ।

Image result for gautam gambhir virat kohli

त्यस्तै आईपिएलको लिलामीमा कुल्टर नाइल तथा मार्कस स्टोयनिसको खरिदलाई लिएर पनि उनले प्रश्न उठाएका छन्।

लेखमा बेङ्लोरले यी दुई खेलाडी आईपिएलको सुरूवातमा नहुने थाहा हुँदाहुँदै किन किनियो भनेर सोधेका छन्।

यस्तै चिन्न स्वामी रंगशालको स्टेडियम सानो रहेको र विकेट पनि सपाट रहेको जान्दाजान्दै कोहलीले ‘फास्ट बलर’ नलिएको लेखमा उल्लेख गरेका छन्।

कोहलीको बारेमा गंभीरको आलोचना यो पहिलो होइन ।

यसअघि पनि उनले कोहली भाग्यले मात्र विराट बेङ्लोरको कप्तान बनिरहेको बताएका थिए।

यस आलोचनाको जवाफ कोहलीले मैदान बाहिरबाट कसैले उनलाई गरेको मुल्याकंनले फरक नपार्ने भनेर दिएका थिए। उनले आफ्नो काम मैदानमा राम्रो प्रदर्शन गर्नु रहेको र यसका लागि कोशिस गरिरहने जवाफ दिएका थिए।

एक उत्तर छोड्न