चलचित्र संघको महोत्सवमा तीन चलचित्र

0
94

काठमाडौं । चार महिनायताबाट सिनेमा हलमा नेपाली चलचित्र नचलेपछि दर्शकलाई हलतर्फ आकर्षित गर्न नेपाल चलचित्र संघले एकदिवसीय चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।

यही २१ चैतमा काठमाडौंको कमलपोखरी स्थित कुमारी सिनेमा घरमा एकदिवसीय नेपाली चलचित्र महोत्सव गर्न लागेको हो । आलोक नेम्बाङ निर्देशित चलचित्र सानो संसार, निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’ र दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा–३’लाई एकदिवसीय महोत्सवमा प्रदर्शन गर्न लागिएको नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले जानकारी गराएका छन् ।

यी तीनवटै फिल्मले नेपाली चलचित्र वृत्तमा उल्लेख्य योगदान दिएको चलचित्र संघको दाबी छ । यी तीनवटै फिल्मले प्रदर्शनको समयमा नेपाली चलचित्र वृत्तमा तरंग ल्याएका र दर्शकबीच निकै लोकप्रियता हासिल गरेका कारण दर्शकको ध्यान सिनेमा हलतर्फ आकर्षित गर्न महोत्सवमा यी फिल्म प्रदर्शन गर्न लागिएको अध्यक्ष उदयले बताए ।

एक उत्तर छोड्न