चिनी उद्योग संघद्वारा चिनीको मूल्य तय : कारखाना मूल्य प्रतिकिलो ७८ रुपैयाँ

0
239

चिनी उद्योग संघद्वारा चिनीको मूल्य तय : कारखाना मूल्य प्रतिकिलो ७८ रुपैयाँ

काठमाडौं । नेपाल चिनी उद्योग संघले चिनीको मूल्य तोकेको छ । संघले तोकेअनुसार चिनीको कारखाना मूल्य प्रतिकिलो ७८ रुपैयाँ १० पैसा रहेको छ । संघले मंगलवार विज्ञप्ति जारी गर्दै मूल्य तय गरेको जानकारी गराएको हो । संघका अनुसार उखुको मूल्य प्रति क्वीण्टल ४ सय ८१ रुपैयाँ २१ पैसा तोकिएको छ । सय किलो उखुबाट ९ किलो चिनी उत्पादन हुने हिसाबसहित संघले मूल्य तोकेको हो ।

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ऊखुको न्यूनतम खरीद मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो । ऊखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘ऊखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि–२०७५’ बमोजिम प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । ऊखु किसानलाई अनुदानका रूपमा सरकारले सिधै प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा दिने छ ।

। मन्त्रिपरिषद्को पुस १३ गते शुक्रवार र पुस १६ गते सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । सोही अनुसार देशमा सञ्चालित चिनी मिलहरूले सम्बन्धित ऊखु कृषकहरूलाई प्रति क्वीन्टल ४७१ रुपैयाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने सरकारको निर्णयमा उल्लेख छ ।

एक उत्तर छोड्न