चीनमा ‘अंधाधुन’ को कमाई करोडमाथि

0
83

बलिउड अभिनेता आयुष्मान खुराना अभिनीत चलचित्र ‘अंधाधुन’ ले चिनियाँ बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । गत वर्ष रिलिज भएको उक्त चलचित्रले चीनमा रिलिजको भएको ७औँ दिनमा सय करोडभन्दा बढी कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा ‘पियानो प्लेयर’ नाम राखिएको यस चलचित्रले व्यापारमा अन्य फिल्मलाई निकै पछाडि पारेको मिडियाले जनाएका छन् । यो चलचित्र ३ अप्रिलमा चीनका ५ सयभन्दा बढी पर्दामा रिलिज गरिएको थियो । श्रीराम राघवनले निर्देशन गरेको यो चलचित्र पछिल्लो वर्ष भारतमा निकै राम्रो प्रतिक्रिया पाएको थियो ।

एक उत्तर छोड्न