जब राजमार्गमै गुडिरहेको मोटरसाइकलमाथि बस पल्टियो

0
85

सप्तरी । सप्तरीमा बुधबार विहान गुड्दै गरेको मोटरसाइकलमाथि बस पल्टिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुंगा नगरपालिका–५ कुसहास्थित सुरुंगा पुल छेउमा भएको यो घटनामा दुई जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक सुरुंगा नगरपालिका–५ का मजबुल मियाँ र पछाडि सवार रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बसका एक दर्जनभन्दा बढी यात्रुको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४९३४ नम्बरको बस को२४प ६४२५ नम्बरको मोटरसाइकलमाथि पल्टेको हो ।
यसैबीच, स्थानीयहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्व पारेका छन् ।

एक उत्तर छोड्न