जब स्कुले स–साना बालबालिकामाथि कार दौडियो…

0
87

जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा स–साना बालबालिकाको भीडमा कार दौडदा कम्तीमा १३ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा एउटा कार नर्सरी स्कुलका २–३ वर्षका बालबालिकाको समूहमाथि दौडन पुगेको थियो । ती बालबालिकासँग तीन जना सहयोगी पनि रहेको जनाइएको छ ।

कार चालक दुबै महिला रहेको जापान टाइम्स डटकमले जनाएको छ । प्रहरीले दुबैलाई पक्राउ गरेको छ ।

एक उत्तर छोड्न