जाजरकोटका १०८ विपत्पीडित परिवारलाई राहत रकम वितरण

0
187

मङ्सिर २६, जाजरकोट । जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई रू. २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

चालू आव २०७५/७६ को अहिले सम्ममा १०८ परिवारले राहत रकम पाएका छन् । विपत्मा परी ज्यान गुमाएका १४ मृतकका परिवारलाई प्रतिपरिवार रू. एक लाख, खाद्यान्न, लत्ताकपडासहित घर पूर्णरूपमा क्षति भएका नौ परिवारलाई प्रतिपरिवार रू. ५० हजार र आङ्शिक रूपमा घर क्षति भएका ७७ परिवारलाई रू. चार हजारदेखि रू. २० हजारसम्म वितरण गरिएको छ । बाढीपहिरोबाट विस्थापित आठ परिवारलाई रू. आठ हजारदेखि रू. १५ हजार तथा अन्य राहत सामग्री वितरण गरिएको प्रजिअ बस्नतेले बताए । रासस

एक उत्तर छोड्न