‘जात्रै जात्रा’ वैशाख २७ मा रिलिज हुने

0
84

प्रदीप भट्टराईको डेब्यू निर्देशन ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ वैशाख २७ मा रिलिज हुने भएको छ।

सिनेमाका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार, अब यो चलचित्र वि.सं २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुने जनाएका हुन् ।

पहिले यो सिनेमाको प्रदर्शन मिती फागुन १७ गतेलाई तोकिएको थियो ।

सिनेमाको केही दिनमा गीत सार्वजनिक गर्ने तयारीस निर्माण टिमले गरेका छ । उक्त गीतमा सिनेमाकी मुख्य कलाकार वर्षा राउत, करिष्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पाली लगायतका कलाकारले नृत्य गरेका छन् ।

‘जात्रा’को रिलिज मिती पक्का भएसँगै बैशाख महिनामा आशा गरिएका दुई सिनेमा ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ रिलिज हुने भएका छन् ।

यादव पौडेल र सिंगे लामाको लगानी रहेको सिनेमामा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका रहेको छ ।

‘जात्रै जात्रा’मा नायक दयाहाङ राइलाई नेगेटिभ रोल अर्थात भिलेको अवतारमा देख्न पाइने छ ।

एक उत्तर छोड्न