जुम्लामा अज्ञात रोगले सिंगो वडा नै प्रभावित

0
67

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मी गाउँमा पहिचान हुन नसकेको रोगका कारण गाउँले बिरामी पर्न थालेका छन् । अज्ञात रोगले गाउँका अधिकाश स्थानीय बिरामी पर्न थाले थालेका हुन् ।

‘सर्मी गाउँको प्रत्येक घरमा बिरामी पर्न थाले’, जनता सेवक आधारभुत विद्यालय काटिया सर्मिका शिक्षक हेमराज कुँवरले भने, ‘१–२ जना बिरामी नपरेको घर नै छैन ।’ उनका अनुसार प्राय गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेकोमा अहिले त्यहाँ युवामा बढी संक्रमण देखिएको छ ।

यहाँका बिरामीमा सुरुमा ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकि लाग्ने, खाना नरुच्ने जस्ता लक्षण देखिएको उनले बताए । जनता सेवक विद्यालयमा विद्यार्थी शिक्षक समेत बिरामी परेपछि पठनपाठन समेत प्रभावित भएको भएको छ । स्थानीय सुर्य बुढाले बताए अनुसार सबै उमेर समुहका व्याक्तिलाई अज्ञात रोगले सताएको छ । संगै रहेको स्वास्थय सस्था भने यसबारे बेखबर भएको प्रति उनले दुखेसो गरे ।

अन्य गाउँमा समेत संक्रमण थाल्यो
सर्मी गाउँमा देखिएको समस्या उपचार अभावका कारण अन्य गाउँमा समेत फैलिन थालेको छ । रोगले विस्तारै तातोपानी ७ का सर्मी, सुर्कि, ताम्ती,र बारागाउँमा समेत असर देखिन थालेको हो ।

वडा नम्वर ७ का वडाध्यक्ष मकर बहादुर रावत स्वास्थ्य सस्था संग समन्वय गरेर छिटो भन्दा छिटो प्रभावित क्षेत्रमा गएर उपचार गराइने बताउँछन् । लामा बगर स्वास्थ्य चौकिका ईन्चार्ज भुपेन्द्र पाण्डेले विद्यालय र समुदायको स्वास्थय अवस्था बुझेर उपचार गरिने बताए । ‘अहिले के भएको हो, भन्न सकिने अवस्था छैन, सम्बन्धित क्षेत्रमा गएर अवस्था बुझेपछि मात्रै थाहा हुन्छ’, उनले भने ।

एक उत्तर छोड्न