ज्योति विकास बैंकले थप्यो ५ शाखा

0
44

काठमाडौँ । ज्योति विकास बैंक लि.ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रूपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा माघ १६ गते एकैदिन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरे ।

त्यसैगरी, रूपनी गाउँपालिका १, रूपनीबजारमा रहेको नयाँ शाखाको रूपनी गाउँपालिकाका मेयर हरेराम यादव तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका ३ मा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैक विरगञ्जका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रूपमा उद्घाटन गरे ।

निजगढ नगरपालिका ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रूपमा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका सञ्चालक नारायणप्रसाद पौड्यालले उद्घाटन गरे । त्रियुगा नगरपालिका ११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक एद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका सञ्चालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रूपमा गरेको सहायक महाप्रबन्धक रामहरि आचार्यले जा

एक उत्तर छोड्न