तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको अध्यक्ष यादवको दाबी

0
579

काठमाण्डौ, २५ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको आरोप लगाएका छन । तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको उनको दाबी छ ।

लोकतन्त्रमा एमालेले आमसभा गर्न र अरुले त्यसको बिरोध गर्न पाउने भएपनि मधेसी मोर्चाका कार्यकर्तालाई छानीछानी टाउकोमा गोली हान्नु योजनाबद्ध भएको उनले बताए । रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा यादवले, एमालेले आफना शीर्ष नेता माथि हातपातको प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताए । उनले सरकार अल्पमतमा परेको बताए । मधेसी मोर्चाले पाँचबुँदे माग राख्दै ७ दिने अल्टिमेटम दिएको छ र, माग पुरा नभए स्वत समर्थन फिर्ता हुने बताएको छ ।

यादवले स्थानीय तहको निर्वाचन नहुन नसक्ने दाबी गरे । साथै संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए ।

एक उत्तर छोड्न