तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, टाउको नभएको शव प्लास्टिकको ब्यागमा भेटियो

0
48

भारतको झारखण्डको टाटानगर रेलवे स्टेशनको एक प्लेटफर्ममा तीन वर्षीया बालिकाको अपहरण गरी दुई व्यक्तिले बलात्कारपछि टाउको काटेर हत्या गरेको छ । पुलिसले बुधबार यसबारे जानकारी दिएको हो ।

पुलिसले बालिका गायब भएको पाँचौं दिनमा मंगलबार राती ९ बजे एक बगानबाट उनको टाउको काटिएको नग्न शव भेटेको थियो ।

पुलिसका अनुसार यो मामलामा दुई मुख्य आरोपीसहित तीनजनालाई पक्राउ गरिएको छ ।

प्रभात खबरका अनुसार जुलाई २६ मा टाटानगर स्टेशनबाट बालिकाको अपहरण गरिएको थियो । आमाको बयानमा अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

रेल पुलिसले स्टेशनमा राखिएको सिसिटिभी फुटेजको आधारमा एक दिनअघि सोमबार राती रिंकू साहू, कैलाश कुमार नामका दुई व्यक्तिलाई पक्राउ गर्यो । रेल पुलिसले बालिकाको शवलाई पोष्टमार्टमका लागि एमजीएम पठायो ।

दुबै आरोपीले छुट्टा छुट्टै कहानी बताएर पुलिसलाई झुक्काइरहेका थिए । तर पछि रिंकू र कैलाशले आफ्नो अपराध कबूल गरे । रिंकूले भनेको स्थानमा खोजी गर्दा बालिकाको शव भेटियो । पुलिसले बालिकाको टाउको खोज्ने कोसिस गरिरहेको छ ।

एक उत्तर छोड्न