तोरी क्षेत्रमा ८२५ किसान आबद्ध

0
192

लमही । दाङको (तोरी जोन) मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तोरी जोनका प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएको बताए ।

पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले उक्त क्षेत्रमा १८ सहकारीका किसान आबद्ध रहेको जानकारी दिए । पश्चिम दाङ तोरी उत्पादनका लागि हावापानी तथा माटो राम्रो भएकाले तोरी जोन बनाइएको उक्त क्षेत्रमा हाल ५० भकारो निर्माण प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए ।

तोरी जोन क्षेत्रमा सिँचाइका लागि अहिले १५ साना सिँचाइका आयोजना निर्माणकार्य जारी रहेको समेत उनले बताए । करीब रु २२ लाख ५० हजार लगानीमा निर्माण हुनलागेका सिँचाइ आयोजनाले करीब ३०० हेक्टर क्षेत्रफलमा सिँचित गर्ने उनको भनाइ छ ।

उनका अनुसार तोरी जोन क्षेत्रमा अहिले करीब ५० प्रतिशत मात्रै सिँचाइ सुविधासमेत रहेको बताए । अहिले त्यस क्षेत्रमा प्रतिहेक्टर ०.१ मेट्रिकटन मात्रै तोरी उत्पादन भइरहेकाले त्यसलाई बढाएर प्रतिहेक्टर १ मेट्रिकटन पु¥याउने लक्ष्य रहेको वलीले बताए ।

साथै त्यस क्षेत्रका १८ सहकारीका २८१ किसानलाई तोरी उत्पादन वृद्धिका लागि तालीम पनि दिइएको प्रमुख वलीको भनाइ छ । तोरी जोन क्षेत्रका किसानलाई अनुदानका लागि परियोजनाले रु ५३ लाख बजेट छुट्याएको थियो । तोरी जोनका लागि ११ कर्मचारीसमेत खटाइएको छ । जसमा उपसचिव, अधिकृत, प्राविधिक, लेखा, प्रशासन, कार्यालय सहयोगी खटाएको उनले बताए ।

एक उत्तर छोड्न