दीपाश्रीसहित विभिन्न स्रष्टा सम्मानित

0
77

दीपाश्रीसहित विभिन्न स्रष्टा सम्मानित

काठमाडौं। नेपाली चलचित्रमा पु¥याएको योगदानको कदरस्वरूप अभिनेत्री, निर्देशक एवं निर्माता दीपाश्री निरौला  सम्मानित भएकी छन् ।

निरन्तर सफल चलचित्र दिएर चलचित्र क्षेत्रमा पु¥याएको योगदानस्वरूप उनलाई ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर’ले आÏनो ११औं वार्षिकोत्सवको अवसरमा एक समारोहबीच विशेष सम्मान प्रदान ग¥यो ।

यसैगरी, नेपाली सौन्दर्य क्षेत्रमा चार दशकदेखि क्रियाशील वरिष्ठ सौन्दर्यविद् डा. राजश्री राज्यलक्ष्मी श्रेष्ठलाई सौन्दर्यकलातर्फबाट विशेष सम्मान र पत्रकार सुशील अर्याललाई सञ्चार क्षेत्रको विशेष सम्मान गरियो । पूर्वअर्थमन्त्री एवं गीतकार एसपी (शंकरप्रसाद) कोइरालाले उनीहरूलाई सो सम्मान प्रदान गरे ।

यस्तै, समाजसेवा क्षेत्रबाट लायन्स बालकृष्ण बुर्लाकोटी र सुभाष गुरुङलाई, राजनीति क्षेत्रबाट नुवाकोटकी प्रदेश सांसद कल्पना नेपालीलाई, चलचित्र क्षेत्रबाट निर्माता, कलाकार मधुकुमार श्रेष्ठलाई पनि कार्यक्रममा

सम्मान गरियो । कार्यक्रममा रश्मिलाज फेसियल हाउसका उत्कृष्ट कर्मचारीलाई उनीहरूको कामको मूल्यांकन गर्दै पुरस्कृत गरियो । कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री एसपी कोइरालाले रश्मिलाजले सौन्दर्य क्षेत्रमा अन्तर्राष्ट्रिय सेवा दिएको बताए । रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरका संरक्षक प्रकाशकुमार श्रेष्ठले ११ वर्षअघि काठमाडौं मलबाट सुरु गरेको आफ्नो कम्पनीले अहिले ४० जनालाई रोजगार दिएको जानकारी गराए । सो फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले काठमाडौंमल हुँदै बिजी मल, सिभिल मलमा अस्ट्रेलिया र अमेरिकामा आफ्नो सौन्दर्य सेवा पु¥याउन लागेको बताइन् ।

एक उत्तर छोड्न