देउवा नआएपछि संवैधानिक परिषदको बैठक स्थगित

0
60

काठमाडौ । प्रधानन्यायाधीश सिफारिसका लागि आज बिहान ९ बजे बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

बैठक भोलि बिहान पुनः बस्ने भएको छ । सर्वोच्च अदालतका लागि न्यायपरिषद्ले दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम पठाएको छ । संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेछ ।

यसअघि बसेको संवैधानिक परिषद्को बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो । बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन् । उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले जोशी र राणाको नाम पठाएको हो । जोशी यसअघि नै संसदिय सुनुवाइ समितिबाट अस्विकृत भईसकेका छन् ।

एक उत्तर छोड्न