द्वन्द्वप्रधान यात्राको ट्रेलर

0
99

काठमाडौं । यही २९ चैतबाट देशव्यापी रूपमा प्रदर्शन हुने चलचित्र ‘यात्रा ः ए म्युजिक भ्लग’को सोमबार राजधानीमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरअनुसार अभिनेता सलिनमान बानियाँ ब्लगरको भूमिकामा छन् । उनले यात्राको क्रममा भोगेका विविध घटनालाई ट्रेलरमा देख्न पाइन्छ । चकलेटी भनिएका यी अभिनेता यात्राको ट्रेलरमा एक्सन भूमिकामा उत्रिएका छन् ।

चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।  चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्दलामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय छ ।

केशव भट्टराई, सुशील पोखरेल, सर्जुमान लिगलसँगै चिजकुमार श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सहनिर्माता छन् ।

चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन रहेको छ । जसमा शम्भुजीत बाँस्कोटासँगै प्रतीक पौडेल र कोविद बज्रको संगीत छ । चलचित्रको कथा पनि सम्राटकै रहेको छ ।चलिचित्रलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले लेखेका हुन् । यसलाई सञ्जय लामाले खिचेका हुन् ।

एक उत्तर छोड्न