धान काट्ने मेसिनले हटायो खेताला खोज्ने झन्झट

0
352
d]l;gaf6 wfg sf6b} / r'6b} s~rgk'/sf] s[i0fk'/ gu/kflnsf afn'jfkmfF6fsf ls;fg cTofw'lgs s[lif d]l;g sDafOg xfj]{i6/sf] ;xoftfn] wfg sf6b} / r'6b} . k|wfgdGqL s[lif cfw'glsls/0f kl/of]hgfcGt{ut ? #) nfv d"No kg]{ d]l;g cf/l;l6 Pu|f]n] vl/b u/L ;x'lnot b/df wfg sf6g] / r'6g] sfo{ ub}{ cfPsf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

हेटौंडा,(नेस) ।
हर्नामाडी ठूलोदमारका शंकर आलेलाई धान काट्न खेताला खोज्ने झन्झट गर्नुपरेन । गत वर्ष धान पाकिसक्दा समेत खेताला नभेटेर धान भित्र्याउन परेको हैरानी उहाँले अहिले पनि बिर्सन सक्नुभएको छैन ।

तर, यस वर्ष गाउँमा धान काट्ने मेसिन भित्रिएपछि खेताला खोज्ने झन्झटिलो काम टरेको छ । पहिला गाउँभर खेताला खोज्दासमेत नभेटेको तर यस वर्ष भने मेसिनले सजिलो पारेको उहाँले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा धान झार्न थ्रेसर प्रयोग गरे पनि धान काट्ने मेसिन भने यस वर्षमात्र हर्नामाडीमा भित्रिएको हो । काट्न पनि मेसिन प्रयोग गरेपछि बिटा उठाउन र धान थन्काउन मात्र मान्छेको आवश्यकता पर्ने आलेले बताउनुभयो ।

हाल हर्नामाडीमा हसियाँ बोकेर खेतालाको लावालस्कर देखिन छाडेको छ । धान लगाएका किसानहरु मेसिनतर्फ आकर्षित छन् । किसान बिन्दा रिजालको नौं कठ्ठाको खेतमा मेसिन लगाउँदा एक घण्टामात्र लाग्यो । उहाँले १ हजार ४ सय रुपियाँमात्र ज्याला तिर्नुभयो ।

रिजालले भन्नुभयो–अघिल्ला वर्षहरुमा आठ जनाको हाराहारीमा खेताला लगाएर ३ हजार २ सय ज्याला खर्चिनुपथ्र्यो । तर, यसपालि भने त्यतिका रकम खर्चिनुपरेन । उहाँले खुशी हँुदै भन्नुभयो–खेताला खोज्न गाउँ डुल्नु पर्दाको पीडा अब अन्त्य भएको छ ।

हर्नामाडीमा बाराका मानबहादुर साहले मेसिन ल्याउनुभएको हो । उक्त मेसिनले हर्नामाडीका किसानको दैनिक जीवन नै फेरिदिएको छ । एक बिघासम्म धान काट्न एक दिन मेसिन लगाउँदा काफी हुने स्थानीय केदार बिष्टले बताउनुभयो । ‘एक त खेताला नपाइने, पाइए पनि धेरै ज्याला लाग्ने अवस्थामा मेसिन प्रयोगले लागत र समय दुवैको बचत भएको छ,’ उहाँले भन्नुभयो ।

दैनिक चार सय रुपियाँमा पाइने गरिएका कृषि मजदुरको अचेल चर्को अभाव झेल्नुपरेको हर्नामाडीका रमेश तामाङ बताउनुहुन्छ । काम गर्नसक्ने युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका, कतिपय भारतीय सहरमा रोजगारीका लागि गएका र विभिन्न कारण गाउँमा कृषि मजदुरको अभाव चर्किएको हो ।

गाउँका मजदुरहरु समेत निर्माण क्षेत्रमा लाग्न थालेपछि गाउँमा धान काट्न, थन्काउन र जोत्न मजदुर पाइनै छाडेको छ । यसको बिकल्प बनेको छ मेसिन ।

एक उत्तर छोड्न