धोनीले यसरी सावित गरे आफ्नो बुद्धिमत्ता

0
67

चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीले बुधबार मुम्बई इण्डियन्सविरूद्धको खेलमा एकपटक फेरि उनी किन दुनियाँका सबैभन्दा बुद्धिमान क्रिकेटर हुन भनेर प्रमाणित गरेका छन्।

खासमा मुम्बईका खेलाडी क्रूणाल पांड्याले बलिङका दौरान धोनीलाई ‘मांकडिंग’बाट आउट गर्ने प्रयास गरेका थिए तर उनले सो प्रयास सफल हुन दिएनन्।

केधार जाधबको ब्याटिङका समयमा धोनी नन स्ट्राइकरको छेउमा थिए भने पांड्या बलिङ गर्दै थिए। एक बल प्रहार गर्नेक्रममा पाड्या अचानक रोकिए, उनले बलिङ गरेनन् र रनअपका लागि दौडिए, तर धोनीले भने आफ्नो ब्याटलाई क्रिज भित्र नै राखिराखे।

यस समयमा पांड्या धोनीलाई चेतावनी दिन चाहन्थे वा धोनीले पहिले नै बलरको मनशाय बुझेर त्यसो गरे भनेर थाहा हुन त सकेन तर उनले त्यो मौका भने निश्चितरूपमा पांड्यालाई दिएनन्।

राजस्थान रोयल्स सिजनको पहिलो म्याचमा जोस बटलरलाई रविचन्द्रन आश्विनले ‘मांकडिंग’बाट आउट गरेका थिए, जसले पछि ठूलो विवाद निम्तायो। रहित शर्माको कप्तानीमा रहेको मुम्बईले बुधबार वानखेडें रंगशालामा खेलिएको खेलमा चेन्नईलाई ३७ रनले पराजित गरेको थियो।

यस सिजनमा चेन्नईले ३ म्याचमा जित र एकमा पराजय भोगेको छ।

एक उत्तर छोड्न