नाडाल घाइते भएपछि पेरिस मास्टर्सको उपाधिका लागि जोकोभिच र शापोभालोभ खेल्ने

0
41

सेमिफाइनल अघिको वार्मअपका क्रममा घाइते भएपछि राफेल नाडालले नखेल्ने निर्णय गरेका छन् । नाडालको यो निर्णयपछि क्यानडियन खेलाडी डेनिस शापोभालोभ फाइनलमा पुगेका छन् ।

वार्मअपका अन्तिम समयमा सर्विस अभ्यास गर्दा नाडालको पेटमा समस्या आएको थियो । यो इन्ज्युरीका कारण यो वर्षको अन्त्य शीर्ष वरीयतामा रहेर गर्ने नाडालको सपना अधुरो भएको छ ।

क्यानडियन खेलाडी शापोभालोभ पहिलो पटक एटिपी मास्टर्स प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

उपाधिका लागि उनले शीर्ष वरीयताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । जोकोभिचले सेमिफाइनलमा ग्रिगोर डिमिट्रोभलाई हराएका थिए । पेरिसमा छैटौं फाइनल खेल्न लागेका जोकोभिचले डिमिट्रोभलाई ७–६ र ६–४ ले हराए ।

एक उत्तर छोड्न