नेपालका लागि नेपाली अभियानबाट हटाइए ज्ञानेन्द्र शाही

0
43

नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइएका छन् ।  अभियानको बुधबार बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।  भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत) राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको जनाइएको छ । 

सो अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् । 

तर, भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिँदै आएका शाहीले सो सिद्धान्तविपरितको गतिविधि गरेकाले अभियानको सबै जिम्मेवारीबाट हटाइएको बताइएको छ । 

एक उत्तर छोड्न