नेपालमा ढुक्क भएर लगानी गर्न उद्योगी व्यापारीलाई राष्ट्रपति भण्डारीको आग्रह

0
227

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–कतार व्यावसायिक मञ्चलाई सम्बोधन गरेकी छन् । कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न उद्योगी व्यापारीलाई आग्रह गरेकी हुन् ।

उनले नेपाल र कतारबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबिच श्रम सम्बन्ध मात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको बताइन ।

राष्ट्रपति भण्डारीले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यका रूपमा रहेको साथै, कतार नेपालबिच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्पर्क रहेको बताइन् । प्रत्यक्ष वैदेशिक लगानी वा नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्न ब्यवसायीलाई राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् ।

एक उत्तर छोड्न