नेपालले एसीसी इमर्जिङ एसिया कप खेल्ने

0
43

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने भएको छ ।  बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ ।  प्रतियोगितामा टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह ’ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।  समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ’ए’ को खेल कक्स बजार र समूह ’बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ ।

नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

एक उत्तर छोड्न