प्रियंका र दिलीप पहिलो पटक म्युजिक भिडियोमा (भिडियो सहित)

0
167

काठमाडौं । नायिका प्रियंका कार्की र नायक दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो सार्वजनिक गरिएको छ । ‘पशुपतिमा सुनैको गजुर’ गीतको बोलमा उनीहरुले अभिनय गरेका छन् ।

दुर्गा खनाल घिमिरेले लेखेको गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले गरेका छन् ।

गीतमा बसन्त सापकोटाले संगित दिएका छन् । भिडियोलाई गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ कोअवसर पारेर सार्वजनीक गरेको छ ।

एक उत्तर छोड्न