फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा

0
113

एजेन्सी, फ्रान्स । फिफा महिला विश्वकप फुटबलमा घरेलु टोली फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि नतिजा अतिरिक्त समयमा आएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा ५२औं मिनेटमा भेलेरी गुभानीले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएकी थिइन् । फ्रान्सभन्दा कमजोर प्रदर्शन गरेको ब्राजिलका लागि थियासा मोरिनोले ६३औं मिनेटमा बराबरी गोल गरेकी थिइन् ।

त्यसपछि थप गोल नभएपछि निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो ।  त्यसपछि थप गरिएको समयमा फ्रान्सले बाजी मार्न सफल भयो । १०६औं मिनेटमा अमान्डी हेनरीले गोल गर्दै फ्रान्सललाई अन्तिम ८ मा स्थान सुरक्षित गराइन् ।

एक उत्तर छोड्न