बंगलादेशका राष्ट्रपति हमिद फेवातालमा

0
71

पोखरा । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन् । राष्ट्रपति हमिदसँग नेपाल भ्रमणमा रहेका भ्रमण दलका सदस्यहरुले बिहीबार पोखराको फेवातालमा डुङ्गा शयर गरेका छन् ।

त्यस्तै राष्ट्रपति हमिदले अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम रहेकाे छ ।

उनी बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट पोखरा आएका थिए । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरे ।

सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । राष्ट्रपति हमिद आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

एक उत्तर छोड्न