बढ्दैछ साइबर अपराधका घटना

0
306

काठमाडौं, २ मंसिर । पछिल्लो समय नेपालमा साइबर अपराधका घटना बढ्दै गएको छ । महानरीय अपराध महाशाखाको तथ्यांक अनुसार यस्तो पाइएको हो ।

महाशाखाको त्रि–वर्षीय तथ्यांक अनुसार तीन हजार पाँच सय ९ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् ।
जसअन्तरगत आर्थिक वर्ष २०७२/७३ मा आठ सय ३०, २०७३/७४ मा दश हजार १ सय ९७ र २०७५/७५ मा एक हजार ४ सय ८२ वटा साइबर अपराधका उजुरी दर्ता भएका हुन् ।

सामाजिक सञ्जाल दुरुपयोगका उजुरी बढी

महाशाखाका अनुसार साइबर अपराधका घटनामा सबैभन्दा बढी सामाजिक सञ्जाल दुरुपयोगका उजुरी रहेका छन् ।
जस अन्तरगत आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल दुरुपयोगका १७, २०७३/७४ मा २२ र २०७४/७५ मा ५० वटा उजुरी परेका थिए ।

यस्तै एसएमएस दुरुपयोगका आर्थिक वर्ष २०७४/७५ मा ११ वटा उजुरी दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा एउटा मात्र उजुरी परेको थियो ।

‘मेरो नामको फेक आईडी बन्यो’

मेरो नाम कासी तामाङ(नाम परिवर्तन) । अहिले २४ वर्ष पुगे । मोडलिङ गर्छु । मेरो नाममा नक्कली फेसबुक कसैले बनायो । अहिले सम्म पत्ता लागेको छैन् ।

मेरो फेसबुकमा जुन फोटो राख्यो त्यो फेसबुकमा पनि त्यहि फोटो हुन्थ्यो । मेरो नम्बर पनि त्यहि आईडीबाट बाँड्न थालेको रहेछ । स्टाटसहरु पनि अश्लिल खालको पोष्ट गरेको थियो ।

मेरो नम्बर केटाहरुलाई दिने गथ्र्यो । मेरो साथीहरुले म्यासेन्जसरमा फोन गर्दा नउठाउँने गथ्र्यो । आईडी खोलेको धेरै समय भएको रहेछ । मेरो रियल आईडी ब्लक गरेको रहेछ ।

दुई महिना जति भयो मेरो नम्बर दिन थालेको । अहिलेसम्म चिनेको छैन् । महाशाखामा धाएको एक महिना भयो । प्रहरीले अहिले आईडीलाई डिएक्टीभ गर्ने प्रोसेसमा छौं भनेको छ ।

‘अन्त्यमा मेलमिलाप गरे’

मेरो नाम रिता बुढाथोकी(नाम परिवर्तन) । घर सिन्धुपाल्चोक । अहिले काठमाडौं गंगबुमा बस्छु । मसँगै काम गर्ने सहकर्मीको श्रीमतीले मेरो नामको फेक आइडी बनाएकी रहेछिन् । तर उनी रोजगारीका सिलसिलामा दुवईमा छिन् ।

उनको श्रीमान र मेरो फोटो जोड्ने, मेरो प्रेमिका हो भनेर पोष्ट गरेकी गर्ने गर्थिन् । प्रहरीमा उजुरी गरे । अन्त्यमा उनका श्रीमानले माफि मागे । नेपालमै भएको भए कारबाही प्रक्रिया अगाडी बढाउनुहुन्थ्यो । त्यसैले मैले मिलापत्र गरे ।

तीन महिनामा १७ उजुरीमा मुद्दा

अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीका अनुसार पछिल्लो तीन महिनाको अवधिमा साइबर अपराधका १७ वटा उजुरीमा मुद्दा चलिरहेको छ । जसमध्ये साउनमा ६, भदौमा ६ र असोजमा ५ वटा उजुरीमा मुद्दा चलेको एसपी उप्रेती बताउँछन् ।

उनी भन्छन्, ‘साइबर अपराधका उजुरीमा ९९ प्रतिशत पीडित महिला, बालिकाहरु नै रहेका छन् ।’ अधिकांश उजुरी फेसबुकमार्फत गाली गलौच गर्ने, अश्लिल चित्र पोष्ट गर्ने, मान्छेको बेइज्जती, ब्लाक मेलिङ गर्ने, चिट्ठा पर्‍याे भनेर ठग्ने रहेको उप्रेतीको भनाइ छ । साइबर ऐन नहुँदा विद्युतीय कारोबार ऐन अन्तरगत कारबाही गरिने उनले बताए ।

एक उत्तर छोड्न