बलिउड क्षुद्र र छोटा मानिसहरूले भरिएको छ : कंगना

0
29

‘मणिकर्णिका’को सफलतासँगै बलिउडकी बोल्ड अभिनेत्री कंगनाले निर्देशकिय डेब्यूमै सफल सिनेमा दिने निर्देशकको परिचय थपेकी छन्। सिनेमाको सफलताले वक्सअफिसकी रानी भनेर पाएको पदवी पुन: आफ्नो शिरमा ल्याएकी छन्।

उनै कंगना भारतको राजधानी नयाँ दिल्लीमा भएको एक कार्यक्रममा सिनेउद्योगमा रहेको असहिष्णुपना र खुट्टा तान्ने प्रवृत्तिका बारेमा राम्रै गरी खुलिन्। सिनेमा रिलिज अघि उनलाई दिइएको दु:ख र सिनेमा तयार गर्दा सम्मका संघर्षका बारेमा उनले थुप्रै खुलासा गरिन जसको प्रतिक्षा उनका प्रशंसकहरूलाई थियो। उनले सिनेमा उद्योगमा मोर्चाबन्दी हुने गरेको र उद्योग सस्ता मानिसहरूले भरिएको बताइन्।

‘मणिकर्णिका’को सफलता पाइरहँदा तपाईलाई फेरि बलिउडकी रानी भनिन थालिएको छ। यस्तो सुन्दा तपाईलाई के हुन्छ?

म यो गर्न सकेकोमा आफूलाई धन्य सम्झन्छु। यो प्रोजेक्टमा ठूलै खतरा मोलेकी थिएँ। जब यो सिनेमा अलपत्र पर्‍यो र मैले मेरो हातमा लिए तब धेरैलाई लागेको थियो, ‘अब यो सिद्धिइ।’ प्रोजेक्ट असफल भए यसको सारा दोष मलाई जानेछ भनेर सबैले भनेका थिए। मैले यदि त्यस्तो हुन्छ भने होस् भनेर सोचें। के हुन्छ? मलाई हेर्नु थियो। यो खतरापूर्ण नै थियो तर मैले आफ्नो हातमा लिएँ।

सिने उद्योगका धेरैले बरू सिनेमा सुरूबाट बनाउन सजिलो हुन्छ, कुनै प्रोजेक्ट रिभाइभ गर्न होइन भनेका थिए। यसरी मोलिएको खतराले राम्रो ल्याएको छ। तर यो सिनेमा निर्माण नगर्ने ५० % सम्भावना पनि थियो। अब मैले बनाइसकेको छु र यो विशेष भएको छ। यो अरू निर्देशकिय डेब्यू जस्तो होइन, यो ती भन्दा अलि विशेष छ।

कुनै समयमा आफूलाई पेलिएको, एक्लाइएको जस्तो महशुस भयो?

 मेरो सोचाइमा व्यवसायिक जीवन मसिनो डोरीमा हिँडेजस्तो हो। तपाईंलाई मानिसहरूले हेरिरहेका हुन्छन्।  पछिल्लो केहि वर्ष मेरा लागि अति नै चुनौतीपुर्ण रह्‍यो।  यो अवधिमा मेरा केहि सिनेमाले काम गरेनन् भने ‘मणिकर्णिका’को सिनेमा अधिकारलाई लिएर विवाद, मुद्धामामिला पनि भए र केहि व्यक्तिगत विवाद पनि। त्यतिबेला मैले आफूलाई पेलिएको, एक्लाइएको अनुभव गरें।

सुटिङको बेलामा म दुर्घटनामा परे। टाउकोमा १८ वटा टाँका लगाउनुपरेको थियो। ठीक त्यही बेला केहि बजारू मानिसहरू  मलाई मिडियामा आक्रमण गरिरहेका थिए।  म यसरी काम गरेको मान्छे थिइन। आज म अभिनेत्री-निर्देशक छु जसका कारण मानिसहरूको अझ बढि विश्वास छ तर हिजो ‘यो कंगना के हो र?’ भन्ने थियो।

तपाईं सबैलाई आफ्नो मनको कुरा भन्न सक्नुहुन्न। एक समय मेरो मनमा कि संसारले मेरो सत्य बुझ्छ कि म मेरो बारेमा भ्रम नै राखेर मर्छु सोच्थे। सबै यो अवस्थाबाट जान्छन्। म पनि गएँ। हामी यस्तो अवस्था केहि समय पुग्छौं।  जे भएपनि म डिप्रेसेड छैन।। म आफूलाई खुशी राख्छु। आफूलाई साथीभाइ र परिवारको वरीपरी राख्छु। म करियर काबारेमा ज्यादा चिन्तित हुँदिन।

‘मणिकर्णिका’को सफलताले तपाईंलाई सिने उद्योग र दर्शकहरूका बारेमा के सिकायो?

मेरो मन र आत्मा सबै यसको कथाका लागि थियो, जो हामी सबैको हो। रानी लक्ष्मीबाई मेरो मात्र होइनन्, उनी सबैकी हुन्। हामी आज जे छौ त्यो सबै हाम्रा लागि जीवन गुमाएकाहरूले गर्दा हो। मानिसहरूका लागि केहि सिर्जना गर्नमा मेरो गम्भिर प्रयास थियो। निर्देशन गर्न मैले एक पैसा पनि लिइन। मेरो लागि यो समर्पण थियो। मैले यो देशका मानिसहरूको सेवा गरिरहेको अनुभव गरिरहेको थिएँ।  मैले त्यस्तै प्रतिक्रिया पनि पाइरहेको छु।  मानिसहरूले जसरी यसलाई माया गरिरहेका छन् वा खुशी भइरहेका छन्, योसँग जोडिरहेका छन्, यो नै मैले पाएको कुरा हो।

सिने उद्योगका मानिसहरूले सिनेमालाई लिएर हार्दिक छैनन् र यस विरूद्ध मोर्चाबन्दी गरिरहेका छन्। उनीहरूले केहि बोलीरहेका छैन् र उपेक्षा गरिरहेका छन्। यो मोर्चाबन्दी यति बलियो छ कि साना भन्दा साना कलाकारले मलाई गोप्यरूप सन्देशहरू पठाइरहेका छन्। तपाईंलाई थाहा छ उनीहरू सामाजिक संजालमा यसबारेमा लेख्न वा बोल्न हिम्मत गरिरहेका छैनन्। यसरी उनीहरूको मोर्चाबन्दी छ। यो होइनकी यसले मलाई चोट दिएको छैन्। यो ‘मेन्टल है क्या वा पङ्गा’ बन्नेछ। यी सिनेमालाई म देशका लागि गरेको भन्दन्। यी यस्ता सिनेमा हुन जो तपाई गरिरहनुहुन्छ र प्रत्येक साता आइरहन्छन्। हामी ‘क्वीन’, दंगल’ वा समाजलाई प्रभाव पार्ने सिनेमाका लागि साथै उभिन्छौं। सबैजना ‘मणिकर्णिका’को लागि पनि उभिनुपर्छ तर लाजमर्दो के भयो भने यसलाई लिएर उनीहरूका खिच्चोपना आइरहेको छ। मलाई वास्तवमा के लाग्छ भने सिनेउद्योग सस्ता र छोटा मानिसहरूले भरिएको छ जो राम्रो वा नराम्रो भन्दा माथि उठ्न सक्दैनन्।

तपाईंको खुलारूपमा बोल्ने शैली प्रभावशाली छ। यस्तो हिम्मत तपाईलाई केले दिन्छ?

मलाई ६ जनाले मुद्धा हालें। यसपछि आठ भन्दा बढि पनि हुनसक्छ। तर, अन्तरस्करणमा मलाई मैले ठूलो काम गरिरहेको छु भन्ने थाहा छ। थोरै अवस्थामा मात्र कुनै एक सिनेमा कोहि व्यक्ति विशेषको भएर बस्दैन्, यो समंग्र मानवता र राष्ट्रको हुन्छ। यस्ता सिनेमा यी जे हुन् त्यसका लागि हेरिनुपर्छ। म मेरो मुटुमाथि विश्वास गर्छु, यदि मेरो नियत सहि छ भने म आफ्नो नजरमा कहिल्यै खस्दिन्।

यो सिनेमासँग सम्बन्धित रहेर ज-जसलाई समस्या थियो, के ती व्यक्ति कहिल्यै तपाईसँग समाधान गर्न बसे?

म सबै कुरा खुला रूपमा भन्छु। हामी क्रिसलाई डिसेम्बरमा सिनेमा देखाउन चाहन्थ्यौं तर उनी कहिल्यै आएनन्। खासमा भन्नुपर्दा उनी सिनेमा पूरै खत्तम भएकोमा पूर्ण विश्वस्त थिए। उनी यसलाई रिभाइभ गर्न सकिदैन सोच्थे। तर जब मैले गरें  तबमात्र उनी ‘मेरो सिनेमा, मेरो सिनेमा’ भन्न थाले। यो ठीकै पनि छ किनकी निर्देशकको जस उनले पनि पाएका छन्। तर मेरो प्रश्न के भने मिडियामा हल्ला किन्, मिडियामा बहस किन? किन मलाई भेट्दैनन र आफ्नो कुरा राख्दैनन्। उनले मलाई कहिले पनि भेटेनन्, आफ्नो कुरा कहिले पनि राखेनन्, मैले बोलाउँदा चासो दिएनन्। सिनेमा हेर्न उनलाई बोलाएकै हो। तर उनले कुनै प्रतिक्रिया नै जनाएनन्।

यो मात्र होइन केहि चरित्र अभिनेताहरू जो यतिबेला भनेजस्तो गरिएन भनेर दाबी गरिरहेका छन् उनीहरू  तिमीलाई एकल अन्तरवार्ताका लागि बोलाउँछन् भनेर सुनाइ रहेका छन्।  मैले तिनीहरूलाई ब्ल्क गरेको छु। यता नि ठिक्क उता नि ठिक्क हुन खोजेको बुझेर मैले उनीहरूलाई ब्ल्क गरेको हुँ। यस्ता मानिससँग आफ्नै स्वार्थ हुन्छन्। व्यक्तिगतरूपमा उनीहरूलाई यस्तो गम्भिर चासो थियो भने उनीहरू सार्वजनिकरूपमा गएर यसरी सिनेमा रिलिजको समयमा आक्रमण गर्ने थिएनन्। यस्तो विनाशकारी खेल उनीहरू खेलिरहेका छन्।

सोनु सुदलाई सिनेमाको बारेमा बोल्ने कुनै अधिकार छैन्। सम्झौता रद्ध भइसकेको सिनेमाको बारेमा बोल्ने उसलाई अधिकार छैन्। ऊ सिनेमालाई बदनाम किन गरिरहेको छ? यस्ता मानिसहरूको भित्र मनमा कुषित मनसाय हुन्छ। यसको सबैभन्दा खराब कुरा भनेको उनीहरूको आफू पनि सिनेमाको एउटा भाग हुन् भन्ने दाबी हो। यसरी परिस्थितिलाई मानिसहरूले आफू अनुकुल प्रयोग गर्ने कुरा आफैमा ताजुब पार्ने किसिमको छ। खैर! जेसुकै होस्, सिनेमाले विश्वव्यापीरूपमा सय करोड कमाइ गरिसकेको छ, अब यसको खुसीयाली मनाऔं।

एक उत्तर छोड्न