बस अपहरण गरेर १४ यात्रुको हत्या

0
171

पाकिस्तान – बलूचिस्तानको एक राजमार्गमा अज्ञात समूहले यात्रुबाहक बस नियन्त्रणमा लिएको छ। १५/२० जनाको समूहमा आएका बन्दुकधारीहरुले बसमा सवार १४ जना यात्रुको हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

समाचारमा जनाइए अनुसार बन्दुकधमरीले सेनाको जस्तै बर्दी लगाएका थिए। मकरान कोस्टल हाईवेमा कराची र ग्वादरको बीचमा चल्ने बसलाई उनीहरुले रोकेका थिए। बन्दुकधारीले बसबाट झारेका १६ माध्ये १४ जनाको हत्या गरेका हुन्। उनीहरुले नियन्त्रणमा लिएका यात्रुको परिचय पत्र जाँच गरेका थिए। जसमा २ जना भाग्न सफल भए भने १४ जनाको हत्या गरे। हत्या कुन समूहले किन गरेको भन्ने केही खुलेको छैन।

एक उत्तर छोड्न