बाग्लुङमा जीप पल्टियो, १४ जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

0
54

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको जीप दुर्घटनामा परेको छ । ग१ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौ महिला, चार पुरुष र एक बालक छन् । सबैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । अहिले उद्धार कार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

एक उत्तर छोड्न