बाढीमा परी मृत्युको संख्या ५१ पुग्यो

0
81

जोहानेसवर्ग । दक्षिण अफ्रिकामा बाढी पहिरोको कारण ५१ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्म ३३ जनाको ज्यान गएकोमा बुधबार मृतकको संख्या ५१ पुगेको हो ।

घटनापछि राष्ट्रपति सिरिल रामाफोसाले मृतकप्रति श्रद्धाञ्जलि दिनुका साथै पीडित परिवारलाई समवेदना प्रकट गरेका छन् । उनले हालै घटनास्थलको अवलोकन पनि गरेका थिए ।

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा बाढी र पहिरोबाट पछिल्लो साता ठूलो धनजनको क्षति हुँदैआएको हो । विद्युत् तथा टेलिफोन सेवामा समेत अवरोध आएपछि प्रभावित क्षेत्रमा यहाँको सरकारले सेना परिचालन गरी उद्वार कार्य जारी राखेको छ ।

एक उत्तर छोड्न