भक्तपुरबाट जन्ती लिएर गएको बस दुर्घटना, दुईको मृत्यु

0
129

हेटौंडा । आज भक्तपुरबाट जन्ती लिएर गएको बस मकवानपुरमा दुर्घटना भएको छ । उक्त घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट जन्ती लिएर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिका २ मा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षर्षीय नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षीय विकास धमला रहेका छन् ।

दुर्घटनामा १७ जना घाइते भएकाको प्रहरीले जनाएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको बताइएको छ ।

बस सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको थियो । दुर्घटना भएको बसमा २८ जना जन्ती सवार रहेका थिए । सोही दुर्घटनामा बेहुला चढेको गाडी भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न