भारतमा उग्रपन्थी आक्रमण, एक विधायक र उनका छोरासहित ११ मारिए

0
98

भारतको अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमणमा एक जना विधायकसहित ११ जनाको मृत्यु भएको छ । लोकसभा निर्वाचनको परिणाम घोषणा हुनु एक दिन अघि अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा मंगलबार यो घटना भएको हो ।

द हिन्दु दैनिकका अनुसार, एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको ज्यान गएको हो । विस्फोटमा तिरोङ अबोका छोराको पनि मृत्यु भएको छ । विधायक तिरोङ परिवारसहित असमबाट अरुणाञ्चल जाँदै थिए । तिरोङ मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् ।

बुधबार बिहानसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

एक उत्तर छोड्न