भिटामिन ए खुवाउँदा बालभिटा लिन नबिसर्नुस, भोली र पर्सि बच्चालाई भिटामिन ए खुवाउँनुस

0
196

काठमाडौं, कात्तिक १३ । भोली र पर्सि सरकारले देशै भर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम राखेको छ ।

सरकारले नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य शिविरमा निःशुल्क रूपमा खुवाउन यस्तो औषधि सबै पाँच वर्ष मुनिका बच्चाको लागि रहेको छ ।

अभिभावकले आफ्ना बच्चालाई स्वस्थ्य राख्न, जुकाबाट बचाउन र भिटामिन ए र जुकाको औषधि खुवाउनै पर्छ । यसका साथै ६ महिनादेखि २३ महिनासम्मको बच्चालाइ १६ वटा पोष्टिक तत्व तथा मिटामिन भएको सुक्षम पोषकतत्व बालभिटा पनि खुवाउनुपर्छ ।

यो बालभिटा स्वास्थ्य संस्था वा शिविरमा २ महिनासम्मलाई निःशुल्क दिइने भएकोले सबै पाँच वर्ष मुनिका बालबालिकालाई अनिवार्य रूपमा यो सेवा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

एक उत्तर छोड्न