भुजेल भाषामा बन्यो चलचित्र

0
162

भुजेल भाषामा बन्यो चलचित्र

लमजुङ । भुजेल समुदायले आफ्नो भाषामा पहिलो चलचित्र निर्माण गरेका छन् । बेंसीसहरको शेराबजारमा रहेको अन्नपूर्ण चलचित्र हलमा भुजेल भाषाको पहिलो चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) प्रदर्शन गरिएको छ ।

भुजेल समुदायको हराउँदै गएको वेशभूषा, भाषा, संस्कृति तथा रीतिरिवाजको जगेर्ना गर्नका लागि भुजेल भाषामा आधारित हामी भुजेल निर्माण र प्रदर्शन गरिएको चलचित्रको निर्माण पक्षले जनाएको छ ।

चलचित्र हेरेपछि लमजुङबाट निर्वाचित प्रदेश सांसद धनञ्जय दवाडीले भुजेल भाषाको चलचित्रले भुजेल समुदायको संस्कार संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने भनाइ राखे । यस्ता चलचित्रले भावी पुस्तामा आफ्ना जातजातिको परम्परागत रीतिरिवाज थाहा पाउने र उनीहरूलाई समेत आफ्नो परम्परा धान्न उत्पे्ररित गराउने विश्वास दवाडीले व्यक्त गरे ।

भुजेल समुदायको पेसा बाँसको चोयाबाट डोको नाङ्लो बुनेर जीविका चलाउने पुख्र्यौली पेसाबाट अहिले पनि जीविका चलाउन सक्ने सन्देश यस चलचित्रले दिएको यसकी अभिनेत्री पूजा भुजेलले बताइन् । भुजेल समाज सेवा समिति नेपालको ७२ वटा जिल्लामा रहेकाले सबै जिल्लामा चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

भुजेल समाज सेवा समिति र भुजेल चलचित्र संघ केन्द्रीय समितिले चलचित्र निर्माण गरेको हो । यस चलचित्रका संगीत, लेखक तथा निर्देशन कृष्णकुमार गुरुङ हुन् । जसमा पूजा भुजेल, भीम भुजेल, पार्वती भुजेल (मीनु) लगायतको अभिनय छ ।

एक उत्तर छोड्न