महजोडी पुरस्कृत

0
175

काठमाडौैं । नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पुरस्कृत हुने भएका छन् । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यंग्यकार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

हास्यव्यंग्य, नाटक, चलचित्र र टेलिचलचित्रको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रंगमञ्च र हास्यव्यंग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, हास्यव्यंग्य, नाटक, चलचित्र र टेलिचलचित्रको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रंगमञ्च र हास्यव्यंग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका लागि काम गरेको भन्दै कलाकार एवं हास्यव्यंग्यकार आचार्यलाई सम्मानपत्रसहित ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

एक उत्तर छोड्न