‘मालिका’ लाई सेन्सर बोर्डले दियो युनिर्भसल प्रमाण पत्र

0
376

काठमाडौं, २६ असोज । फिल्म ‘मालिका’ तिहारलाई लक्षित गरेर कात्तिक १६ गतेदेखि देशभर रिलिज आउँदैछ । रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको यस फिल्म ‘मालिका’ सेन्सर पास भएको छ । सामाजिक सञ्जालमा फोटो पोस्ट गदै फिल्ममा निर्माता नरबहादुर कार्कीले जानकारी गराएका छन् ।

बाल विवाह विरुद्धको आवाज उठाउने रेखाको फिल्मलाई सेन्सर वोर्डले युनिर्भसल प्रमाण पत्र उपलब्ध गराएको छ । बाल विवाहको कथामा बनेको फिल्म रेखासँगै जाजरकोटी चौध वर्षीया बालिका कमला ओलीको मुख्य भूमिका रहेको छ ।

‘मालिका’ को कथा रेखा र नरबहादुर कार्की मिलेर तयार गरेका छन् । यस फिल्ममा पटकथा भने शिवम अधिकारीले तयार पारेका हुन ।

एक उत्तर छोड्न