मेक्सिकोमा अमेरिकी नागरिक सवार कारमा बम आक्रमण, एकै परिवारका ९ को मृत्यु

0
52

मेक्सिकोका लागूपदार्थ तस्करले अमेरिकी नागरिक सवार कारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा ६ जना बालबालिका छन् । दुई जनाको उमेर एक वर्षभन्दा कम छ । मृत्यु भएकामा तीन जना महिला छन् । उनीहरु सबै एकै परिवारका हुन् ।

मेक्सिकोका सुरक्षा मन्त्रीका अनुसार, कारमा यात्रा गरिरहेका अमेरिकीमाथि बम आक्रमण भएको थियो ।

उत्तरी मेक्सिकोको सिनोरा राज्यमा दुई लागूपदार्थ तस्करबीच चर्काे विवाद छ । त्यहाँ ती दुई समूहबीच समय समयमा झडप भइरहन्छ । अमेरिकी नागरिकमाथिको आक्रमण एक समूहले अर्काे समूह ठानेर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

एक उत्तर छोड्न