मेस्सी भए उत्कृष्ट वर्ष खेलाडी

0
144

काठमाडौं । चार वर्षपछि व्यक्तिगत पुरस्कार जित्नु बार्सिलोनाका स्टारका लागि खुसीको विषय रह्यो । तर, उनको ध्यान भने अब सिजनको खराब सुरुआत गरेको क्लबलाई लयमा ल्याउन मद्दत गर्नेमा छ । लिओनल मेस्सीले भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् । २०१५ मा फिफा बालोन डि’ओर जितेका उनले त्यसयता ठूलो अवार्ड हात पारेका थिएनन् ।

बालोन डि’ओर अलग अलग भएर फिफाले उत्कृष्ट खेलाडी पुरस्कृत गरेपछि उनको यो पहिलो अवार्डसमेत हो । ‘लामो समयदेखि व्यक्तिगत अवार्ड जितेको थिइन’ मेस्सीले सम्वाददाताहरूसँग भनेका छन् ‘यो यस्तो अवार्ड हो, जुन मैले पहिलो पटक पाएको छु र यो पाउँदा खुसी छु ।’
चोटका कारण मेस्सीले सिजनको सुरुआती खेलहरू गुमाएका छन् र उनको टिमले १९९४ र ९५ पछि पहिलो पटक सिजनको खराब सुरुआत गरेको छ ।

ला लिगाको पहिलो खेलमा एथ्लेटिको विल्बाओसँग १–० ले हारेको च्याम्पियनले घरेलु मैदानमा रियल बेटिस र भ्यालेन्सियालाई ५–२ ले हरायो । ओसासुनासँग २–२ को बराबरी खेलेको उसले गर्नाडासँग २–० को हार व्यहोर्यो । अब यो साता भिल्लारियल र गेटाफेसँग खेल्नेछ । मेस्सी दुवै खेल जितेर बार्सिलोनालाई फेरि लयमा फर्काउन चाहन्छन् ।

‘हामीले खराब सुरुआत गर्यो र अवसरहरू सिर्जना गर्न संघर्ष गरिरहेका छौँ’ मेस्सीले भने, ‘यो सुरुआत मात्र हो तर अब हामीले यसको जवाफ दिनुपर्छ ।’ ‘अब हामीसँग धेरै समय छैन र हामीले धेरै सुधार गर्नुपर्छ । यसबारे हामी सचेत पनि छौँ ।’ टिमको प्रदर्शन सुधार हुनेमा उनी विश्वस्त छन् ।

एक उत्तर छोड्न