यस्ता छन, सोयाविनका फाइदा

0
70

सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइन्छ । यसको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । सोयाबिन खानाले तपाई सुन्दर समेत देखिनुहुनेछ । सोयाबिनमा ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता तत्वहरु पाइन्छन् ।

यसको प्रयोगले बिरामीहरुलाई राहत मिल्छ । जो मानिसहरु बारम्बर सोयाविन खाने गर्छन् उनीहरु छिटो बुढो पनि हुँदैनन् ।

यसमा भिटामिन वी कम्प्लेक्स र भिटामिन इ प्रचुर मात्रामा पाइन्छ । जसले शरिर निर्माणमा अमिनो एसिड प्रदान गर्छ । यसले हाम्रो शरिरमा उर्जा प्रदान गर्छ ।

यस्ता छन, सोयाविन खानुका अन्य फाइदाहरुः

मुटुका रोगीलाई फाइदाजनक

सोयाविनमा कोलस्ट्रोलको कमी भएका कारण मुटु रोगीले सोयाविन खानु राम्रो हुन्छ ।

उच्चरक्त चाप

आधा कप रोस्टेड सोयाविन ८ हप्तासम्म लगातार खाने हो भने ब्लड क्यानसर कन्ट्रोल हुन्छ ।

अनुहार सम्बन्धी रोगलाई लाभकारी हुन्छ

यसले शरिरको रगतलाई सफा गर्ने काम गर्छ । एनीमियाबाट बच्न पनि सोयाबिनले मदत गर्छ ।

डिप्रेशन कम गर्छ

सोयाबिन खानाले मेमोरी पावर बढ्छ । यसकारण तनाव र चिडचिडापन हट्छ । यसले मनलाई शान्त बनाउँछ ।

हड्डीलाई बलियो बनाउँछ

यसको लगातार प्रयोगले हड्डीको कमजोरी कम हुन्छ । यसका कारण अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जान्छ ।

क्यानसर रोक्न सहयोग गर्छ

यसमा भरपुर क्यानसर प्रतिरोधक क्षमता हुन्छ । यसको प्रयोगले स्तन र प्रोस्टेट क्यानसरलाई धेरै हदसम्म रोक्ने काम गर्छ ।

प्रोटिन

शरीरलाई प्रोटिनको धेरै नै आवश्यकता पर्छ । सोयाबिनमा दुधमा अण्डा, मासु, माछामाभन्दा बढी प्रोटिन हुन्छ । यसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउने काम गर्छ ।

एक उत्तर छोड्न