यस्तो ट्वीट गरेपछि विवादमा आए विवेक, आलोचना गर्नेलाई दिए यस्तो जवाफ

0
141

भारतमा आइतबार लोकसभा पछि गरिएको ‘एक्जिट पोल’मा सत्तासिन भारतीय जनता पार्टी(भाजपा) र उसको गठबन्धनले नै विजय हासिल गर्ने देखाएको छ। चुनावको नतिजा  भने आउन बाँकी नै छ।

यसपटकको चुनावमा भारतीय कलाकारहरू पनि चुनावमा विजेपी समर्थक तथा विरोधीको खेमामा बाँडिए। त्यस्तैमा एक हुन्- विवेक ओवरोय।

चुनावका कारण उनी अभिनित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वायोपिक सिनेमा रिलिज हुन पाएन। उनी यस चुनावमा मोदीको कट्टर समर्थकका रूपमा खुलेरै देखिए।

उनी विवेक चुनावपछि एक व्यांग्यात्मक ‘मेमे’ सेयर गरेर विवादमा तानिएका छन्। आफ्नो ट्विटरबाट मेमे पोस्ट गरेकोमा उनलाई महाराष्ट्र महिला आयोगले त बयानका लागि पत्र नै काटिसकेको छ भने अभिनेत्री सोनम कपुरले विवेकको यस हर्कतमाथि कडा टिप्पणी गरिन्।

विवेकले हाल आएको ‘एक्जिट पोल’को परिणामको सन्दर्भलाई लिएर एक मेमे पोस्ट गरेका थिए। सो मेमेमा ३ तस्वीरहरूको प्रयोग भएको छ। एकमा अभिनेत्री एश्वर्या राय बच्चन सलमान खानसँग छिन भने बाँकी दुई तस्विरमा क्रमशः विवेक स्वयं र अभिषेक बच्चन रहेका छन्।  

सोही मेमेलाई विवेकले ‘हा हा, कलात्मक, नो पोलिटिक्स.. जस्ट लाइफ’ भनेर पोस्ट गरेका थिए।

पोस्ट गरिए लगत्तै मेमे भारतमा भाइरल भयो।

उनको यस पोस्टलाई लिएर विशेषगरी महिलाहरूले आपत्ति प्रकट गरेका छन्। यस क्रममा बलिउड अभिनेत्री सोनम कपुरले ‘घटिया सोच’ भनेर टिप्पणी गरेकी थिइन्।

यसको जवाफ विवेकले जसकोबारेमा पोस्ट गरियो उनीहरूलाई मतलब छैन, सरोकार नभएकाहरूले चासो दिएर नेतागिरी गर्ने लागेको भनेर दिएका छन्।

उनले सोनमालाई सिनेमा ‘ओभर एक्टिङ’ कम गर्न र सामाजिक संजालमा ‘ओभर एक्ट’ नगर्न सल्लाह दिएका छन्।

हाल सो ट्विट विवेकले हटाइसकेका छन्।

Image result for vivek oberoi meme

एक उत्तर छोड्न