योगेश काजी र सारिका घिमिरेको ‘हेल्लो’

0
52

काठमाडौं । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको सङ्गीत तथा एरेन्ज रहेको गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको सो गीतको भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहितको समूहले अभिनय गरेको छ । भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ ।

एक उत्तर छोड्न