यौन उत्पीडनमा आरोपित भएपछि ऋतिकको नयाँ सिनेमा ‘सुपर ३०’मा निर्देशकको नाम नराखिने

0
59

ऋतिक रोशन अभिनित ‘सुपर ३०’ सिनेमाबाट निर्देशकको नाम हटाइएको छ। सिनेमालाई निर्देशन गरेका विक्की वेहलमाथि यौन उत्पीडनको आरोप लागेपछि निर्माता कम्पनीले निर्देशकको नाम हटाउने निर्णय गरेको हो।

नाम हटाउनका लागि निर्माताहरूले विक्कीलाई मोटो रकम क्षतिपूर्ति दिएका छन्। यसअघि विक्कीमाथि यौन उत्पीडनको आरोप लागेपछि गत वर्ष अनुराग कश्यपले विक्की पार्टनर रहेको फ्यान्टम कम्पनी बन्द गरेका थिए।

आफूमाथि लागेको आरोपको विक्कीले आफ्नो छवि धमिलो पार्ने र बदनाम गर्ने उदेश्यप्रेरित भएको भन्दै बचाउ गरेपनि ‘सपुर ३०’ सिनेमा निर्माण कम्पनीले अदालतबाट प्रमाणित नभएसम्म केहि गर्न नसकिने भन्दै उनको नाम हटाउने निर्णय गरेको थियो।

अब सिनेमामा कहिकतै उनको नाम हुनेछैन्। सिनेमा जुलाईमा रिलिज हुने बताइएको छ।

एक उत्तर छोड्न