राजाराम पौडेल पनि चलचित्र निर्माता

0
83

राजाराम पौडेल पनि चलचित्र निर्माता

काठमाडौं । हास्य कलाकारका रूपमा चर्चित राजाराम पौडेलले चलचित्र ‘सयकडा १०’ निर्माण गर्ने भएका छन् । भ्रष्टाचारलाई सिनेमाका माध्यमबाट रोक्न चलचित्र ‘सयकडा १०’ निर्माण गरिएको यसका निर्माता एवं अभिनेता राजाराम पौडेलले बताए ।

आइतबार राजधानीमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गर्दै कलाकार पौडेलले भने, ‘मैले डेढ सयभन्दा बढी चलचित्र खेलिसकेको छु, मेरा सबै हास्य कलाकार साथी चलचित्र निर्माणमा लागेका बेला मैले चलचित्र बनाएर देशलाई भ्रष्टाचारमुक्त गर्न सक्छु भनेर सयकडा १० मा लगानी गरेको हुँ । आफ्नो जन्म दिनसमेत मनाउँदै उनले चलचित्रको कथा सारै राम्रो भएकाले आफूले लगानी गरेको खुलाए, ‘यो चलचित्र हेरेर अहिलेको अवस्थामा १० प्रतिशतसम्म पनि भ्रष्टाचार निर्मूल भयो भने म र हामी आफ्नो अभियानमा सफल हुनेछौं ।’

आगामी १८ माघबाट देशव्यापी रिलिज हुने यस चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । कथा रज्जु प्रधानको हो । चलचित्रको कथा सारै मनपरेपछि राजाराम पौडेल यो चलचित्रमा निर्माता बन्न इच्छुक भएको पनि निर्देशक पाठकले बताए ।

राजाराम र रामशरण भएर यस चलचित्रमा मनोज गजुरेललाई पनि अभिनेताका रूपमा उतारेका छन् । मनोजलाई पनि चलचित्रको कथा मन परेकाले उनी यो चलचित्र खेल्न तयार भएको राजारामले कार्यक्रममा प्रकाश पारे ।

राजाराम र मनोजसँगै य चलचित्रमा अमृत ढुंगाना, रवि डंगोल, रश्मी भट्ट, एनबी गुरुङ, टंकराज आचार्य, प्रसिद्धी थापा, मानस्वी निरौलासहितको अभिनय रहेको पनि कार्यक्रममा जानकारी गराइयो । यस चलचिको ट्रेलरमा राजाराम पौडेल भ्रष्ट भएको र उनका छोरालाई सोही कारण मनोज गजुरेलले आफ्नो छोरी विवाह गर्न नदिएको प्रसंग उठाइएको छ ।

एक उत्तर छोड्न