रुपन्देहीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक तस्करको मृत्यु, प्रहरी घाइते

0
36

रुपन्देहीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक तस्करको मृत्यु, प्रहरी घाइते

बुटवल। रुपन्देहीको शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ ।

गए राति सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा गोली चलाउँदा तस्करको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तस्करको समूहले राति करिब १२ बजे प्रहरीमाथि गोली चलाएपछि तत्कालै जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ । मारिनेमा करीब ३०/३५ वर्षका पुरुष छन् । मृतकको परिचय खुलेको छैन ।

गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।

प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र एक थान पेस्तोल बरामद गरेको छ ।

एक उत्तर छोड्न