लियोले गरे सात सय करोड दान

0
58

लियोले गरे सात सय करोड दान

लस एन्जलस।   ओस्कर अवार्ड विजेता लियो नार्दो दि क्याप्रियोले जलवायु परिवर्तनका लागि ७ सय करोड अमेरिकी डलर दान गरेका छन् ।

‘टाइटानिक’ र ‘द रैवेनेन्ट’जस्ता फिल्म दिएका लियोनार्दो लामो समयदेखि जलवायु परिपर्वनसम्बन्धी अभियानमा सक्रिय छन् । जलवायु परिपर्वन सुधारका लागि उनले आफ्नो फाउन्डेसनमार्फत सात सय करोड दान गरेका हुन् । उनको अभियानमा भारतलगायत विश्वका धेरै देशले साथ दिएका छन् ।

‘यो धनराशि जलवायु परिवर्तन क्षेत्रका समस्यास“ग लड्नका लागि प्रयोगमा ल्याइनेछ,’ अभिनेता लियोनार्दोले भनेका छन्, ‘जलवायु संरक्षण सबैभन्दा महŒवपूर्ण कार्य हो, यस क्षेत्रमा काम गर्न पाउ“दा एकदमै हर्षित छु ।’

जागरुक अभियानकै क्रममा उनले विभिन्न राष्ट्र भ्रमणसमेत गरिसकेका छन् । जसमा अन्य कलाकारले पनि साथ दिइरहेका छन् ।

एक उत्तर छोड्न